जीप दुर्घटनाः दुई जनाको मृत्यु

मङ्गलबारे, १६ मंसिर । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here