टिका बहादुर कार्की
आज ३१ अक्टोबर, सन् २०२० बिश्व शहरीकरण दिवस उत्साह होईन स्मरणमा आउँदा यसका बिविध फाइदा, बेफाईदा, सुबिधा र असुबिधाका पक्षहरुले बेचैन बनाएको छ । मानव बिकासको क्रममा बिकट स्थान, भौगोलिक कठिनाई र असुबिधा भोगीरहेका मानिसहरु सर्वप्रथम खेतीयोग्य समथर जमीन, सीचाई, सहज भौगोलिक स्थिति, यातायात, बिद्युत, टेलीफोन, खानेपानी, स्वास्थ, शिक्षा, रोजगारी तथा मनोरञ्जनका बिबिध सुबिधाको सम्भावना रहेको स्थानतर्फ बसाईसराई गर्दै जाँदा स्थानीय भन्दा आप्रवासीहरुको बाहुल्य र पहुँच बढ्दै गयो । मानिसले आफ्नो आर्थिक, राजनीतिक तथा पदीय हैसियत देखाउँदा अव्यवस्थित रुपमा बिकास हँुदै गएको शहरलाई अन्तमा व्यवस्थित गर्दै स्मार्ट सिटी बनाउँदै जाने क्रममा जनसंख्या तथा सहजताका दृष्टिले शहरकै बिकासलाई प्राथमिकता दिने क्रम तीब्र रुपमा भैरह्यो । तर, अब कोभिड–१९ का दृष्टिकोणबाट संक्षिप्त चर्चा गरौं ।

कोभिड–१९ को बढ्दो प्रभाबसंगै मानिसहरु भीडभाडबाट बचेर सम्भब भएसम्म आफ्नो पुर्ख्यौली थलो तथा पातलो बस्ती भएका ग्रामीण भेगतर्फ लाग्दै कोरोनाबाट बच्ने सोचमा लागेका थिए । एकाएक लकडाउनका कारण बाहिरी गतिविधी न्युन हुँदै जानुका साथै आ–आफ्नै घर तथा कोठामा थन्किनु भन्दा गाउँ घर डुलेर डाँडाकाँडा वन जंगल चाहार्दै स्वच्छ हावापानीमा स्वतन्त्र रुपमा घुमफिर गर्ने चाहाना हुँदाहँुदै पनि पुर्ख्यौली थातथलो माया मारेर शहरीया सुखी जिवन बिताई रहेकाहरुलाई केही समयका अलावा दिर्घकालीन स्वच्छन्दता महसुस गर्ने सम्भावना रहेन । शहरका जस्ता कुनै सुबिधा मिल्ने कुरा पनि भएन । गाउँमा बस्ने मानिस नै शहर पसेपछि कसले केका लागी बिकास गरेका थिए ? र त्यहाँ सुबिधाहरु उपलव्ध हुनु । बाँझो रहेको जग्गा खनजोत गर्ने सिप, जाँगर र कुनै अर्गानिक वस्तुको सम्भावना रहेको आँकलन गर्न सक्ने अबस्था पनि उसंग छैन । न रंग, न स्वाद न सुबिधा, के गर्नु कागलाई बेल पाकेर हर्ष न बिस्मात जस्तो अन्योलको अवस्थाबाट गुज्रिरहेको नयाँ पुस्ताले कोरोना कहरका कारण शान्तसँग सोच्न पनि सकिरहेको छैन, अब के गर्ने ?

व्यस्त शहरीया जीवनबाट केही समय फुर्सद मिलाएर रमणीय प्राकृतिक दृष्य, शाहसिक तथा सांस्कृतिक धरोहर दृष्यावलोकन गरेर स्वास्थलाभ गर्ने स्थितिमा पुगेको मानिसलाई सेवा दिएर आयआर्जन गर्न पर्यटकीय सुबिधा र गन्तव्यको बिकास गर्दै बिकट भौगोलिक स्थलको बिकास गर्दै थियो । एकान्त स्थल, जंगल, समुद्र, नदी, ताल तलाउ , हिमाली, पहाडी चुचुरा, झरना, जताततै पर्यटकीय सेवा सुबिधाका पुर्वाधार तथा चिज वस्तु उपलव्ध गराएर पर्यटनलाई उद्योगको रुपमा बिकास गरिरहेको थियो मानिसले । तर, उत्पादन मुलक उद्योग धन्दा, शिक्षा स्वास्थ, सडक, बिद्युत, संचार, सुरक्षा लगायतमा कुनै दीर्घकालीन योजना तथा लगानी नहुँदा मानिस स्थायी रुपले रहन बस्न सकेन । पर्यटकीय सिजनमा अस्थायी रुपमा व्यवसाय संचालन गर्दै अफ सिजनमा सुबिधायोग्य शहरमै केन्द्रित भैरहेको छ मानिस ।

बिश्व स्वास्थ संगठनले जनघनत्व बढी भएका प्राचीन तथा आधुनिक शहरलाई कोरोनाको प्रभाव सम्बन्धमा सचेत गराउँदै त्यहाँका नगर प्रमुखले के कसरी जनतालाई कोरोनाबाट बचाउने योजना बनाई रहेका छन् ? भनेर भर्चुअल संबाद गरिरहेको छ । यस रोगको उद्गम स्थल छिमेकी देश चिन, मित्र राष्ट्र जापान, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतले कोरोना बिरुद्ध संघर्ष गर्दै आर्थिक, शैक्षिक तथा उत्पादन मुलक क्रियाकलाप लगायत बिबिध गतिबिधी संचालन गरिरँहदा युरोप, अमेरिका, छिमेकी देश भारत सहित हाम्रो देशको राजधानी काठमाडौं लगायतका शहरहरुमा अहिले तीब्र रुपमा कोरोना संक्रमण भैरहँदा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका साथै अग्रपंतिमा खटिई रहनुभएका हाम्रा नगरप्रमुख तथा गाउँपालिका प्रमुखहरु लगायत स्थानीय तहका जनप्रतिनिधीहरुलाई जनताको सेवा गर्ने अबसर खेर नफाली आफु बच्दै अरुलाई पनि बचाउन उच्च सतर्कताका साथ कोरोना रोग नियन्त्रणका लागी दिगो कार्य योजनाका साथ सक्रिय भैदिनु हुन हार्दिक अनुरोध छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here