विद्यालयको चार कोठे भवनको शिलन्यास

बागलुङ, १ कार्तिक । बागलुङ नगरपालिका–१४ नारायणस्थान कोल्पाटा बागलुङमा रहेको आधारभूत (आ) विद्यालयको चार कोठे भवनको शनिबार शिलन्यास गरिएको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण शिक्षा इकाइको ७० लाख रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको शनिबार बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शिलन्यास गर्नुभएको हो । भवन शिलन्यास पछि बोल्दै नगर प्रमुख पौडेलले विद्यालयलाई गुणस्तरी गराउन र अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गर्नको लागि स्थानिय तहको साथ र सहयोग रहने बताउनुभयो ।

उहाँले विद्यालयको पूर्वाधार निर्माण सहित शिक्षाको गुणस्तर पनि वृद्धि गर्नुपर्ने बताउँदै विद्यालयले अंग्रेजी माध्यमबाट पढाइरहेकोले त्यसमा नगरपालिकाले साथ दिने र आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष एंव नगरपालिकाका सामाजिक विकास समितिका संयोजक गणेश थापा, राष्ट्रिय भूकम्प पुननिर्माण प्राधिकरण शिक्षा इकाइका प्रमुख मोती प्रसा चापाई, नेकपा जिल्ला इन्चार्ज कृष्ण पाठक, बानपा–१७ का वडाअध्यक्ष चक्रबहादुर खत्री र नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी उपाध्यक्ष पार्वती कुमारी रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीको गर्नुभएको थियो ।

विद्यालयको करिव २० रोपनी क्षेत्रफलमा निर्माण समिति गठन गरि विद्यालयको भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक उपनाथ रिजालले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म भवनको निर्माण सम्पन्न गरिने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here