
इनदीप कोइराला
बारा, १० मंसिर
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती नजिकै टिफिनकारीमा बम बिष्फोट भएको छ । सो बम बस्ती भन्दा केही पर जङ्गलनजिकै विष्फोट भएकाले मानविय क्षति नभएपनि स्थानीयवासी भने त्रासित बनेका छन् ।
आजै जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगियावस्तिमा वाम गठबन्धनले गरिरहेको घरदैले र सभालाई बिथोल्न उक्त बम विष्फोट गराईएको स्थानीयको भनाई छ । यसैबीच प्रहरीले शंकास्पद एक व्यक्तिलार्इ प्रक्राउ गरेकाे छ ।
प्रक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका ३ का अन्दाजी ३५ वर्षीय कासी तिमल्सिनालाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक दिपक रायले बताए । थप उनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमरा पठाईएको प्रहरीले बताएको छ ।
nayapatrika.com









