
काठमाडौं, २६ असोज । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।










