आज २०७७ असोज १८ गते आइतवारको राशिफल

आज २०७७ साल असोज १८ गते आइतवार,
तदअनुसार अक्टोबर ४, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल

आजको राशिफल
मेष
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

वृष
लत्ता कपडामा धन खर्च हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउनपनि सक्छ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मिथुन
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कर्कट
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र बन्धन कसिने बेलाछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह
आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ ।

कन्या
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्छ र मन खिन्न हुने स्थिति आउनसक्छ ।

तुला
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

वृश्चिक
अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु
आज श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर
आज आम्दानी बढ्ने नै छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलतापनि मिल्ला ।

कुम्भ
आज नयाँ कमको थालनी हुनेछ । अचल सम्पत्ति हात पर्ला । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ ।

मीन
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here