कर्मचारीलाई कोरोना पुष्टि भएपछि काठेखोला गाउँपालिका कार्यालय एक साता बन्द

बागलुङ, ११ भदौ ।
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि काठेखोला गाउँपालिको कार्यालय एक साता बन्द हुने भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आज (बिहिबार) गाउँपालिकामा इञ्जिनियर पदमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि भदौ १७ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको काठेखोला गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाले गाउँपालिकामा कार्यरत कर्मचारीलाई नै कोरोना देखिएकाले उनको सम्पर्कमा आएका कर्मचारीहरुको पिसिआर परीक्षण र संक्रमितको कन्ट्रयाक टे«सिङ गर्नुपर्ने भएकोले एक सातासम्म गाउँपालिका कार्यालयबाट हुने सवै कार्यहरु बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

काठमाडौं गएर भदौ २ गते कार्यालय आएका कर्मचारीको पिसिआर परीक्षण गर्दा बिहिबार संक्रमण पुष्टि भएको अध्यक्ष थापाले बताउनुभयो । ‘आफ्नै कामले काठमाडौं गएर आउनुभएको थियो,’ गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो–‘काठमाडौंदेखि आएर क्वाटरमै बस्नुभएको थियो । उहाँको कन्ट्याक टे«सिङ र सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षण गर्नुपर्ने भएकाले कार्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’

बिहिबार काठेखोलामा कर्मचारी सहित २ जनालाई कोरोना पुष्टि भएको थियो । अर्का एक जना भारतदेखि आएर भिमसेन प्राविको क्वारेन्टाइनमा बसेका काठेखोला–१ का ३४ बर्षिय पुरुष रहेको गाउँपालिकाले जनाएको छ । संक्रमित दुवै जनालाई बागलुङ बजारमा रहेको आइसोलेसनमा पठाइने तयारी गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here