बागलुङ, १९ साउन ।
‘बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्याएका प्रकाश सपुतले बदलाको भाव बोकेको ‘बदला बरि’लै बोलको सशक्त गीत युटयुवको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीले कुनै पनि रुपमा सजाए पाउने मुल भाव रहेको गीत युटयुवमा अपलोड गरिएको २ दिनमै ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको हो । ट्रेन्डिङ नम्बर १ मा रहेको गीतको यस समाचार तयार गर्दा सम्म ७ लाख ८० हजार ३ सय बढीले हेरेका छन्भने ६४ के लाईक र १.१ के अनलाईक रहेको छ ।

उक्त गीतमा ७ हजार ९ सय बढीले कमेन्ट गरेका छन् । कमेन्ट गर्नेहरु धेरैले गीत र भिडियो दुवै उत्कृष्ट रहेको भन्दै भिडियो हेरेपछि रोएको बताएका छन् ।

प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर र उक्त गीतको भिडियोमा नायिका केकी अधिकारी फिचर्ड भएकी छिन् ।

प्रकाश सपुत स्वयमको सोच एंव निर्देशन रहेको ‘बदला बरिलै’मा नायिका केकी अधिकारीले जिवन्त अभिनय गरेकी छिन् । कलाकार ध्रुव कोइरालाले बलात्कारीको भूमिका निभाएका छन् । केकी र ध्रुवसँगै भिडियोमा हिउँवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर र सन्ध्या गौतम बरालको अभिनय छ । बाल कलाकारको रुपमा ब्रिशा बराल र इजुलिया आचार्य प्रस्तुत छन् ।

भिडियोका अन्त्यमा सर्जक प्रकाश सपुतको स्वरमा न्यारेशन सुन्न सकिन्छ । ‘जसले जघन्य अपराध गर्छ त्यसले कुनै न कुनै रुपमा सजाएँ पाउँछ भन्ने कुरामा विश्वास लाग्छ’, सपुत भन्छन् ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here