काठमाडौं, १५ साउन ।
आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका पिताले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका बलिउड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक सञ्जय सिंहका अनुसार एफआईआरमा सुशान्तका पिताले आत्महत्या दुरुत्साहनसहित रियाविरुद्ध विभिन्न आरोप लगाएका छन् । एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख गरिएको छ ।

एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाइएको जानकारी निरीक्षक सिंहले जनाएका छन् । टोलीले मुम्बई पुगेर मुद्दाका दस्तावेज संकलन गर्नेछ ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्। उनी ८ जुनमा सुशान्तको घरबाट सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्’, उनका पिताले उजुरीमा लेखेका छन्, ‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लिएर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो ।’ उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप लगाएका छन् ।

घटनाको सीबीआई जाँच हुनुपर्ने माग सुशान्तका परिवार र उनका शुभचिन्तकको रहँदै आएको छ । घटनालाई लिएर हालसम्म तीन दर्जनभन्दा बढीसँग प्रहरीले सोधपुछ गरिसकेको छ ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको मृत्युपछि रिलिज गरिएको उनी अभिनीत फिल्म ‘दिल बेचारा’ले छोटो समयमा सबैभन्दा बढी हेरिने विश्व रेकर्ड बनाएको छ ।
अन्नपूर्ण पोस्टमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here