
काठमाडौं, १३ साउन ।
कलाकार जीतन भाई श्रीसको नयाँ तीज कोशेली चरी भरर सार्वजनिक भएको छ । कोरियामा कर्मथलो बनाई नेपाली लोक संगीतमा पनि निरन्तर लाग्नुभएका श्रीसले यसपालीको तीज कोशेली स्वरुप उक्त गीत बजारमा ल्याउनुभएको हो ।
कलाकार श्रीसको उत्कृष्ट लय तथा शव्द, गायक शितल गुरुङ र चर्चित गायिका अमृता नेपालीको सुमधुर आवाजमा मंगलवार जीतन भाई श्रीस युट्युव च्यानल मार्फत नेपाली संगीत बजारमा आएको हो ।
विनोद बाजुरालीको संगीत संयोजन, दुर्गा पौडेलको निर्देशन, माधव श्रेष्ठको सह निर्देशन र नविन घर्ति मगरको सम्पादनमा तयार भएको उक्त भिडियोमा सारिका केसी, महेन्द्र गौतम, सारदा गिर (काली आमा) लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ ।
भिडियो :









