कलाकार ‘आइ डी’ को आवाजमा ‘दमाई दाईले सिलाको फरिया’ (भिडियो सहित)

काठमाडौं, १० साउन ।
गलकोट म्युजिकको प्रस्तुतिमा गायक ‘आइ डी’ले नयाँ तीज कोशेली ‘दमाई दाईले सिलाको फरिया’ संगीत बजारमा ल्याउनुभएको छ । लोक तथा दोहोरी गीत गाउन माहिर ‘आइ डी’ले तीज लक्षित गरि नयाँ सांगेतिक कोशेली बजारमा ल्याउनुभएको हो ।

सर्जक सरोज विरही कार्कीको शव्द सृजना, सर्जक तथा गायक रामू विरहीको संगीतमा गलकोट म्युजिक युट्युव च्यानल मार्फत बजारमा आएको उक्त गीतमा गायक आइ डी र धर्तीमा थापा मगरको सुमधुर आवज रहेको छ ।

चर्चित संगीतकार तथा आलप रेकर्डिङ स्टुडियोका संचालक झलक संगीतमले उक्त गीतको संगीत संयोजन गर्नुभएको छ । व्यस्त निर्देशक रविन शाहले निर्देशन गर्नुभएको उक्त गीतको भिडियोमा स्वयम् निर्देशक शाह र अस्मिता रानालाई मुख्य अभिनयमा देखिनुभएको छ । भिडियो सम्पदान भने अभिनाश डीसीले गर्नुभएको छ ।
भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here