
आज २०७७ साल साउन ८ गते बिहिवार,
तदअनुसार जुलाई २३, २०२०
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष: आज आफन्त र साथीभाइबाट सहयोग र हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुखपनि मिल्नेछ ।
वृष: रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन: सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ । विद्या र बुद्धिको विकास हुनेछ ।
कर्कट: उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
सिंह: मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।
कन्या: साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
तुला: आज प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कृषि क्षेत्रको कामपनि अघी बढ्नेछ ।
वृश्चिक: धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।
धनु: आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।
मकर: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा धनलाभ हुने योग छ । भूमिबाट लाभ नै रहला ।
कुम्भ: परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा सहभागी भईएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।
मीन: मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
स्रोतः हाम्रो पात्रो










