
काठमाडौं, २ साउन ।
नोभेल कोरोना भाइरसका १०१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१ संक्रमित थपिएका हुन् ।
आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो । बिहीबार १६७ जनालाई कोरोना संक्रमण भएको थियो ।
कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ ।
संक्रमण हुनेमा ८७ प्रतिशत र १३ प्रतिशत रहेका छन् ।
७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संखुवासभा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
पछिल्लो २४ घण्टामा २८५ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार ५३४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ६६ दशमलव १२ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ६८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
हालसम्म देशभरका २२ हजार ७५६ क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८७१ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।









