
काठमाडौं, २६ असार ।
लोक गायक तथा नायक प्रकाश सपूतको नायाँ गीत ‘नमस्कार’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सपूतको आवाजमा रहेको यस गीतमा प्रकाशको नै संगीत रहेको छ । देबेन्द्र बब्लुको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा प्रकाश संगै विराज थापा र किरण मगरको मुख्य अभिनय रहेको छ।
कोरोनाको महामारिले अहिले मनोरञ्जन क्षेत्रमा खासै चहलपहल नभएता पनि केहि हतमा कार्य सुरुवात हुन थालेको छ । साथै कोरोनाका कारण नै अहिले नेपालि समाजमा हराएको नमस्कार संस्कार फेरि सुरुवात भएको छ । यसैको आधारमा सन्देशमुलक गीत नमस्कार आम दर्शक माझ गायक प्रकाश सपूतले लिएर आएका छन् ।
भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन भने छायांकन अनिल कृष्ण मानन्धरको रहेको छ । गीतले हामि मान्छे सबै एउटै हो भन्ने सन्देश दिएको छ ।
भिडियो









