जननिगरानी साप्ताहिक चौथो वर्षमा प्रवेश

बागलुङ, ७ असार ।
बागलुङको गुहेली संचार सहकारीबाट प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि चौथो वर्षमा प्रवेश गरेको छ ।

पत्रिकाको तेस्रो बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले पत्रिकाले थप व्यवसायी प्रतिस्पर्धामा अगाडी बढ्न शुभकामना दिनुभयो । उहाँले पत्रिकाले हरेक हप्ता काठेखोला गतिविधिको रुपमा छुट्टै पृष्ठ प्रकाशित गरि गाउँपालिकाको विकासको बारेमा गाउँबासीलाई जानकारी गराउन सहयोग गरेकोमा धन्यवाद दिदै गाउँपालिका भित्र नराम्रा कुरा हुन लागे आफुलाई सजग गराउन समेत संचारमाध्यम र संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष थापाले अगामा आर्थिक वर्षको बजेट कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिता हुने बताउनुभयो । उहाँले बजेट घटेर आएको र कोरोनाको कारण गाउँपालिकामा खर्च वृद्धि भएकाले समेत बताउनुभयो । ‘कोरोनाले खर्चमा वृद्धि गराएको छ,’ अध्यक्ष थापाले भन्नुभयो–‘बजेट पनि घटेर आएको छ त्यसैले अन्य कुरा भन्दा यस वर्ष स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाइरहेको छौं ।’

 

अध्यक्ष थापाले विदेशबाट फर्किएका युवाहरुलाई गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्ने समेत बताउनुभयो । उहाँले स्काभेटर प्रयोग गरेर सडकमा नाली निर्माणको काम गर्दै आएपनि अबदेखि विदेशबाट फर्किएकाहरुलाई उक्त क्षेत्रमा लगाइने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लाको पत्रकारिता सहित गाउँपालिकाको गतिविधिलाई आमरुपमा प्रचार प्रसार र तथ्य उजागर गर्ने काम गरेर पत्रिकाले प्रशंसनिय कार्य गरेको बताउनुभयो । अध्यक्ष शिरीषले कोरोनाको कारण मिडियाहरु धरासायी बनिरहेकोले अबको नीति तथा कार्यक्रममा स्थानिय तहहरुले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले पत्रिकाले गाउँपालिकाको समाचारलाई प्राथमिताका साथ प्रकाशन गर्दा गाउँपालिकाले गरेका कामहरु आमजनमानसमा पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले धेरै सहकारीहरुले आफ्नो उद्देश्य अनुरुपको काम नगरेपनि गुहेलीले गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा र काठेखोला गाउँ कार्यपालिका सदस्य टिका संगम विकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

पत्रिकाले स्तम्भकार तर्फ इश्वर गौतम र विज्ञापनदाता तर्फ बुद्धचित्त आयुर्वेदका प्रोपाइटर याम कुमारलाई सम्मान गरेको थियो ।

यस्तै बार्षिकोत्सवको अवसरमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहित बाल्टि सहयोग गरेको छ ।

पत्रिकाले १२ हजार २ सय रुपैयाँ बराबरको मेडिकल माक्स ५५० थान, केएन ९५ माक्स ९ थान, सेनिटाइजर ३० ओटा, साबुन ५ दर्जन, बाल्टी ६ ओटा, जग ६ ओटा, मछेड धुप २ दर्जन सहयोग गरेको छ । यस्तै सोहि अवसरमा पतञ्जली योग समिति बागलुङले सहकारीलाई उपलब्ध गराएको १ प्याक साबुन गाउँपालिकालाई सहयोग गरिएको छ ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत पत्रिकाका सम्पादक नविन शिशिर वि.क. र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो ।

 

२०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको गुहेली सञ्चार सहकारी संस्था लिमिटेडले हाल जननिगरानी साप्ताहिक पत्रिका र खबरवे अनलाईन संचालन गर्दै आएको छ । यस्तै सहकारीले बागलुङ नगरपालिका–२ जिपपार्कमा शाखा कार्यालयको स्थापना गरि सेवा प्रवाह गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here