
बागलुङ, ७ असार ।
बागलुङमा कोरोना संक्रमितको संख्या एक सय १७ पुगेको छ ।
आज (आईतबार) दिउँसो थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय १७ पुगेको हो ।
आज भारतदेखि फर्किएर पालिकाहरुको क्वारेन्टाइनमा बसेका जैमिनी नगरपालिकाका १ जना, गल्कोट नगरपालिकाका ३ जना र बडिगाड गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको हो । जैमिनी नगरपालिकामा संक्रमित देखिएपछि बागलुङका १० ओटै पालिकामा संक्रमितहरु देखिएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गल्कोट नगरपालिकाका १९, ३५ र २७ बर्षिय ३ जना पुरुष, बडिगाड गाउँपालिकाका १७ बर्षिय किशोर र जैमिनी नगरपालिकाका ३० बर्षिय पुरुषलाई संक्रमण देखिएको हो ।
उनीहरु सवै पालिकाको क्वारेन्टाइनमा रहेकाले आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।










