रफ्तारले बढ्दै कोरोना संक्रमितको ग्राफ

सिर्जना कार्की
बागलुङ,७ असार ।

विश्वभर कोरोना संक्रमणको दर तिव्र हुँदै गर्दा नेपालको दोस्रो र पाँचौँ कोरोना संक्रमित भेटिएको जिल्ला हो बागलुङ । युरोपको भ्रमण सकेर घर फर्केका दुई महिलामा कोरोना पुष्टि भए पछि बागलुङ जिल्ला खतराको सूचीमा प¥यो ।
सुखद पक्ष दुवै जना निको भएर घर फर्के पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गण्डकी प्रदेशमा कोरोना संक्रमित नरहेको कारण गण्डकी क्षेत्रलाई सार्वजनिक रुपमै ‘ग्रिन जोन’ घोषण गर्नुभयो । तत्कालीन अवस्थामा भएका दुई संक्रमित पनि उपचार पछि घर फर्कनु र नयाँ संक्रमित पहिचान नहुँदा मुख्यमन्त्रीको घोषण पनि उपयुक्त थियो । तर त्यो घोषण धेरै दिन टिक्क सकेन जति बेला रोजगारीको सिलसिलामा भारत गएका नागरिक घर फर्कन थाले । भारतबाट नेपाल फर्केर क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्दा गण्डकी प्रदेशमा पनि पुनः संक्रमित फेला पर्न थाले ।

गण्डकी क्षेत्रमा पहिलो पटक कोरोना पहिचान भएको बागलुङमा अहिले दिन प्रतिदिन संक्रमितहरुको संख्या थपिँदै गएको छ । आइतवार विहान सम्म ११२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उनीहरुलाई धौलागिरी अस्पताल, बूर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसन तथा धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आईसोलेसनमा राकिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । अहिलेसम्म जैमिनी नगरपालिका बाहेक सवै पालिकामा संक्रमित देखिएका छन् ।

बागलुङको सबैभन्दा बढी गल्कोट नगरपालिकका २४ जना र सबै भन्दा कम ताराखोला गाउँपालिका ३ जना संक्रमित रहेका छन् । बागलुङ नगरपालिकाका १४, काठेखोला गाउँपालिकका १४, निसीखोला गाउँपालिकका ६, तमानखोला गाउँपालिकाका ४, बडिगाड गाउँपालिकमा २१, ढोरपाटन नगरपालिकाका १८ र बरेङ गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको छ । बागलुङमा पहिलो पटक चैत्र १५ गते कोरोना पुष्टि भएको थियो । सोही मितिदेखि यता संक्रमित भएका १२ जना उपचार पछि घर फर्केका छन् । बागलुङ नगरपालिकाका २, तमानखोला गाउँपालिकका ४ र बडिगाड गाउँपालिकका ६ जना घर फर्केको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख गुरौको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here