
बागलुङ, ७ असार ।
बागलुङमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज (आइतबार) विहान थप ९ जनमा संक्रमण पुष्टि भएको सँगै संक्रमित संख्या १ सय १२ पुगेको हो ।
आज गल्कोट नगरपालिकामा ४ जना, ढोरपाटन नगरपालिकामा १ जना, काठेखोला गाउँपालिकामा ३ जना र बागलुङ नगरपालिकामा १ जनामा संक्रणमा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ बर्षिय पुरुष रहेका छन्भने ढोरपाटन नगरपालिकाका ४८ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको हो । यस्तै काठेखोला गाउँपालिकाका ३२, ४० र २९ बर्षिय पुरुष र बागलुङ नगरपालिकाका २१ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
बागलुङमा हिजो शनिबार संक्रमित संख्या १ सय ३ पुगेको थियो । हिजो मात्रै ३७ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म बागलुङबाट निको भएर घर फर्किनेको संख्या १२ रहेको छ ।











