बागलुङ नगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि

बागलुङ, ६ असार ।
बागलुङ नगरपालिकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका -३ का २५ बर्षिय पुरुष, बानपा-९ तित्याङका ४२ र ५४ बर्षिय पुरुष, बानपा -१० भकुण्डेका १ ९ बर्षिय किशोर र बानपा -१३ पैयुपाटाका २५ र ५० बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उनीहरु सवै भारतदेखि आइ क्वारेन्टाइनमा बसेका हुन् ।

संक्रमण पुष्टि भएका तित्याङ र भकुण्डेका ३ जना बानपा -१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइन, बानपा -३ का १ जना बानपा -४ द्वारेगौडाको धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइन र पैयुपाटाका २ जना संक्रमित पैयुपाटाको क्वारेन्टाइनमा बसेका थिए ।

उनीहरुलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि-आइसोलेसनमा राखिने भएको छ ।

यससँगै बागलुङ नगरपालिकामा संक्रमितको संख्या १३ पुगेको छ। त्यसमध्ये २ जना निको भह घर फर्किसकेका छन्।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here