
बागलुङ, ६ असार ।
काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेत ठोट्नेरीमा पहिरोले एक घर पुरिएको छ ।
शुक्रबार रातीदेखि परेको अविरल पानीको कारण शनिबार विहान घर माथिबाट आएको पहिरोले टिका बहादुर पुनको घर पुरिदा उनकी श्रीमती विमला पुन पुरिएकी छिन् । अहिले स्थानियहरुले उद्धार गरिरहेको स्थानिय थमकुमारी पुनले खबरवे अनलाईनलाई जानकारी दिनुभयो । पहिरोबाट एक जना बच्चा निकालिएको स्थानियहरुले जानकारी दिए ।
अहिले पनि पानी परिरहेको र पहिरो गइरहेकोले उद्धारमा समस्या भइरहेको पुनले बताउनुभयो । उहाँले २ ओटा घर पहिरोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो ।
उद्धारको लागि विहुँ प्रहरी चौकीबाट प्रहरी घटनास्थल जाँदै गरेको जनाइएको छ ।










