काठेखोलामा एक महिला सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ६ असार ।
बागलुङको काठेखोला गाउँपालिकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाखामा गरिएको परीक्षणमा शनिबार विहान काठेखोला गाउँपालिकाका १ महिला सहित ८ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँले काठेखोला गाउँपालिकाका ३० बर्षिय महिला सहित २३, ३३, ३६, २४, ३४, ३९ र २२ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उनीहरु सवै भारतबाट आइ स्थानिय तहको क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

यससँगै काठेखोला गाउँपालिकामा संक्रमितहरुको संख्या १४ पुगेको छभने बागलुङ जिल्लामा ७४ पुगेको छ ।

काठेखोला गाउँपालिकामा हिजो ९शुक्रबार० ६ जनालाई संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई राती धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा ल्याइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here