
बागलुङ, ५ असार ।
बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि बागलुङ नगरपालिकाले नगरप्रवेशमा कडाइ गरेको छ । नगरपालिकाले आज सूचना प्रकाशन गरेर नेपाल सरकारको परिप्रेक्ष्णमा बाहिरी जिल्लाबाट नगरपालिका प्रवेश गर्नेहरुले अनिवार्य कोरोना परीक्षण रिपोर्ट पेश गर्नुपर्ने जनाएकोछ ।

संक्रमितहरुको संख्या बढिरहेको अवस्थामा अहिले लकडाउन खुकुलो भएपछि बागलुङ नगरपालिका भित्र र बागलुङ बजारमा भित्रिनेहरुको संख्या बढ्ने देखिएकोले कोरोना रिपोर्ट अनिवार्य गरिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकाले लुकुछिपि प्रवेश गरेमा नगरपालिकाले तोकेको क्वारेन्टाइन स्वयं व्यक्तिले खर्च व्यहोर्ने गरी बस्नुपर्ने जनाएको छ ।










