नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुग्यो

काठमाडौं, ४ असार ।
कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ ।

गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको नवजीवन अस्पतालमा उपचारका लागि पुगेका थिए । जेठ ३१ गते कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पतालमा सारिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनको उपचारका क्रममा नै मृत्यु भएको डा गौतमले जानकारी दिए ।

यस्तै, लम्कीजुहा २ कैलालीकी एक ४२ वर्षीय महिलाको पनि मृत्यु भएको छ । टाउकोमा चोट लागेर शवड्युरल हेमाटोमा भएकी उनी जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल भर्ना भएकी थिइन् ।

उनको शल्यक्रिया गर्नुअघि असार २ गते स्वाब संकलन गरिएको थियो । तर उनको रिपोर्ट नआउँदै असार २ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्युपछि असार ३ गते आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ भेटिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here