पर्वतमा एक महिला सहित थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

पर्वत, ४ असार ।
पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य प्रष्ठिानमा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बिहिबार विहान पर्वतको कुश्मा नगरपालिकाका १ महिला सहित २ जना, फलेवास नगरपालिका २ जना र मोदी गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले कुश्मा नगरपालिकाकी २० बर्षिय महिला र ४२ बर्षिय पुरुष, फलेवास नगरपालिकाका बर्ष ३० र ३७ का २ जना पुरुष र मोदी गाउँपालिकाका बर्ष ३० का एक पुरुषलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएका ५ जनानै भारतदेखि आइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।

यो सँगै पर्वतमा संक्रमितको संख्या ३४ पुगेको छ । हिजो मात्र पर्वतमा फलेवास नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here