आज सबैभन्दा बढि संक्रमित, कुल कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं, ३ असार‌ ।
बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बुधबार थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट संक्रमित १ हजार १६७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यीमध्ये ११२ जना महिला रहेका छन् भने १०५५ जना पुरुष रहेका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here