गण्डकीका दूई जिल्लामा एक महिला सहित २१ संक्रमित

बागलुङ, ३ असार ।
गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ का थप २१ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या २४७ पुगेको छ ।

बुधवार बिहान गण्डकीका दुई जिल्लामा २१ जना नयाँ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा नवलपरासीका अठार जना र पर्वतका तिन जना रहेका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २० ,२४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका १४ जना पुरुष सोही जिल्ला मध्यबिन्दु नगरपालिकाका १६ र ३० का दुई जना पुरुष साथै कावासोती नगरपालिकाका २७ वर्षिय एक जना पुरुष गरि १८ जना त्यस्तै पर्वत जिल्ला फलेवास नगरपालिकाका १९ र २१ का दुई पुरुष र ४६ वर्षकी एक महिला सहित ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here