
काठमाडौं, २ असार ।
नेपालमा पछिल्लो २४ घन्टामा ९मंगलबार० थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमित संख्या ६ हजार ५९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म उपचार गरेर ११ सय ५८ जना निको भई घर फिर्ता भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने १९ जना रहेको छ ।










