निसीखोलाको क्वारेन्टाइनमा रहेकी महिलाले बच्चा जन्माइन्

बागलुङ, १ असार ।
बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा एक महिलाले सोमबार बच्चा जन्माएकी छन् ।

निसीखोला–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टायनमा सोहि स्थानकी २१ बर्षिय रैमती विकले सोमबार दिउँसो बच्चा जन्माएकी हुन् ।

निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोप बहादुर चन्दका अनुसार सुत्केरी विक र उनका श्रीमान लकडाउनको समयमा भारतको पञ्जाबबाट फकिएर क्वारेन्टाइनमा बसिरहेका थिए । २१ बर्षिय विकले तेस्रो सन्ताको रुपमा क्वारेन्टाइनमा छोरा जन्माएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । विकका २ छोरी छन् ।

क्वारेन्टाइनमा रहेको बेला विकलाई सुत्केरी बेथा लागेपछि २ जना स्वास्थ्यकर्मीले सुरक्षित सामग्री प्रयोग गरी सफल डेलिभरी गराएका हुन् ।

विकलाई अहिले होम क्वारेन्टाइनमा राख्नको लागि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । उनको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरि पठाइए पनि रिपोर्ट नआएको कारण उनका सासु ससुराको जिम्मा लगाएर सेभ होम क्वारेन्टाइनमा रहने गरि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिए ।

डेलीभरी गराउन सहयोग गर्ने २ जना स्वास्थ्यकर्मीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । समयमा पिसीआर रिर्पोट नआएका कारण स्वास्थ्यकर्मीदेखि घरपरिवारमा समेत जोखिम बढि रहेका कारण थप सचेत हुने गरी अगाडी बढिरहेको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।

त्यसैगरी निसीखोला गाउँपालिकामा तत्काल डेलीभरी हुने अवस्थामा दुई जना गर्भवती बस्दै आएका छन् । उनिहरुको समेत पिसीआर रिर्पोट नआएका कारण घर पठाउन नसकिएको स्वास्थ्य संयोजक चन्दले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here