नक्सा प्रयोग गर्ने विधेयक पारित भएपछि बागलुङमा दिपावली

बागलुङ बजारमा गरिएको दिपावली । -तस्विर: राजेशचन्द्र राजभण्डारी

बागलुङ, ३१ जेठ ।
प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बागलुङमा खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्थित सबै राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैह्रसरकारी कार्यालय र बिभिन्न संघसंस्था तथा सरोकारवालाले बानपा–२ लोकतान्त्रिक चोकमा दिपावली गरेका हुन् । चोकमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा बनाएर त्यस माथि दिप प्रज्वलन गरिएको थियो ।

बागलुङ बजारमा गरिएको दिपावली । -तस्विर: ऋषिराम गोतामे

प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधि सभाको सनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।

प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here