
बागलुङ, ३१ जेठ ।
पर्वतमा ६ बर्षिय बालक सहित थप ४ जनामामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा पर्वतका ४ जनामा संक्रमित थपिएका हुन ।
पर्वतकाे कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ६ वर्षे बालक, १७ वर्षे महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ |
पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षे पुरुषमा समेत कोरोनाको संक्रमण देखिएको छ |
उनीहरुलाई जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको छ |










