पछिल्लो २४ घण्टामा देशभर ४४८ संक्रमित थपिए

काठमाडौं, ३० जेठ ।
शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालमा कोरोना संक्रमणको उपचारपछि ८७७ जना डिस्चार्ज भएका छन् ।

देशभर हालसम्म एक लाख २१ हजार ८६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२५ पीसीआर परीक्षण गरिएको छ ।

देशरभका क्‍वारेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४हजार १६९ कोरोना संक्रमित रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here