गण्डकी प्रदेशका चार जिल्लामा ३७ जना संक्रमित थपिए

बागलुङ, ३० जेठ ।
गण्डकी प्रदेशमा शुक्रबार विहान थप ३७ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा चार जिल्लाका ३७ जनालाई संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १ जना नयाँ संक्रमित थपिएको जानकारी दिनुभयो ।

निर्देशक डा. शर्माका अनुसार पर्वतको कुश्मा नगरपालिकाका १९, २३, २९, ३७, ४५, २८, २०, २८ वर्षका ८ जना पुरुष छन् । यस्तै कुश्मा नगरपालिकाकै एक जनाको उमेर खुलेको छैनभने एक जना ३५ बर्षका पुरुष पोखराको मणिपाल अस्पतालमा उपचाररत रहेको जनाएका छ ।

यस्तै पर्वतको पैयुँ गाउँपालिकाका २० वर्ष र विहादी गाउँपालिकाका ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छभने ३२ बर्षका एक पुरुषको भने ठेगाना १ जना, विहादी गाउँपालिकाका १ जना र १ जनाको ठेगाना नखुलेको जनाएको छ ।

यस्तै स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्षका पुरुषलाई संक्रमण पुष्टि भएको छभने अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षिय बालक र ठेगाना नखुलेका ४ बर्षिय बालकमा समेत कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।

यस्तै तनहुँको पिरिङ गाउँपालिकाका १९ बर्षिय एक पुरुष र नवलपरासी (वर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाका १७ बर्षिय एक किशोरमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संखया १८८ पुगेको छ । त्यसमध्ये १ जनाको मृत्यु भएको छभने ११ जना निकोभइ घर फर्किएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here