२४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए

बागलुङ, २९ जेठ ।
कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेको उनले बताए ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् ।
देशभर हालसम्म एक लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गरिएको छ भने एक लाख ७८ हजार ९४३ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका क्वारेन्टाइनमा एक लाख ६२ हजार १३ हजार रहेका छन् भने आइसोलेसनमा ३ हजार ७३८ जना रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here