
काठमाडौं, २८ जेठ ।
कालिकोटमा भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।
बुधबार बिहान भारतीय सीमानाकाबाट स्वदेश फर्किएका ३९ जना यात्रु लिएर क्वारेन्टिन जाँदै गरेको टिपर कर्णालीमा खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे जानकारी दिए।उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेकाे हाे ।
प्रजिअ गैरेका अनुसार उनीहरुलाई रासकोट नगरपालिकाले तयार गरेको क्वारेन्टिनतर्फ ल्याईंदै थियो । अहिले घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारको लागि सदरमुकाम मान्मातर्फ ल्याइँदैछ ।
घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए। घटनाको विस्तृत विवरण आइसकेको छैन ।









