
बागलुङ, २६ जेठ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय १५ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सोमबार विहान थप १ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय १५ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले सोमबार विहान ६ः४५ बजे निकालेको विज्ञप्तीमा कास्की जिल्ला पोखरा महानगरपालिकाका ४२ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।
संक्रमित पुरुष महानगरपालिकाको आईसोलेसनमा रहेका थिए । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । त्यसमध्य ३ जना निको भइसकेका छन्भने १ जनाको मृत्यु भएको छ ।











