गल्कोटकी गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार

गल्कोट, २५ जेठ ।
बागलुङको गल्कोट नगरपालिकाबाट आज एकजना गर्भवती महिलालाई उद्धार गरि पोखरा पठाइएको छ ।
गलकोट नगरपालिका वडा नम्वर ८ काठेबास निवासी ३२ बर्षिया पार्बती हितांङलाई ईक्टोपिक प्रेगनेन्सीको सम्भावना देखिएपछि थप उपचारको लागि हेलिकोप्टर मार्फत पोखरा पठाईएको हो ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा गलकोटबाट पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाइएको विपत ब्यबस्थापन समिति सयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो ।

आरोग्य अस्पतालमा सामान्य पेट दुखेपछि भर्ना हुनुभएकी हितांङको शरिरमा रगतको अभाब तथा ईक्टोपिक प्रेगनेन्सीको अबस्था देखिएपछि पोखरा रिफर गरिएको आरोग्य अस्पतालका सञ्चालक डाक्टर टंक चालिसेले जानकारी दिनुभयो ।

हितांङलाई एम्बुलेन्समा गलकोट नगरपालिका वडा नम्वर १ को चोराहमा लगिएको र अबस्था जटिल बनेपछि चोराहबाट प्रभु हेलिकप्टरमा पोखरा लगिएको हो । पाठेघर भन्दा बाहिर गर्भबसीको सम्भाबना रहेकोले रिफर गरिएको अस्पतालले जनाएको छ ।

साढे १ महिनाको गर्भ रहुनुभएकी हितालाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलीकप्टरबाट उद्धार गरिएको बताईएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here