बागलुङका एक पत्रकार सहित ११ जनाको रिपोर्ट नेगेटिभ

बागलुङ, २५ जेठ ।
बागलुङका एक पत्रकार सहित ११ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनीहरुलाई संक्रमण नभएको पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ईबागलुङ अनलाईनमा कार्यरत सोम शर्मा र बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

पत्रकार शर्माको आरडिटि परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पिसिआर गरिएको थियो । यस्तै भारतबाट आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका १० जनाको पिसिआर परीक्षण गरिएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन लागेको नगरपालिकाका नगरस्वास्थ्य प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here