बडिगाडका संक्रमितलाई बागलुङ बजार ल्याइदै

बागलुङ, २५ जेठ ।
बडिगाड गाउँपालिकाका ९ जना संक्रमितलाई बागलुङ बजार ल्याइने भएको छ । बडिगाड गाउँपालिकाका ९ जना संक्रमितलाई बागलुङ बजार ल्याइने भएको छ । गाउँपालिकाले संक्रमित सवैलाई एम्बुलेन्स मार्फत बागलुङ बजार पठाएको जानकारी दियो ।

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जिल्ला कमाण्ड पोष्टलाई जानकारी गराएर बागलुङ बजार पठाइएको जानकारी दिनुभयो । उहाँले पहिलेका संक्रमितहरु पनि बजारमै पठाइएकोले अहिलेकोलाई पनि त्यही पठाइएको बताउनुभयो ।

उनीहरुलाई धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा राखिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बडिगाडले संक्रमितलाई पठाएमा धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसन कक्षमा राखिने बताउनुभयो । उहाँले अहिले प्रि–आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताउनुभयो ।

ढोरपाटनका संक्रमितलाई भने बुर्तिबाङमै राखिने भएको छ । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रि–आइसोलेसन कक्ष बनाएर राख्ने तयारी गरिएको बताउनुभयो ।

यहाँको संक्रमितलाई अन्यत्र नपठाउँ भनेर तिब्र रुपमा प्रि–आइसोलेसन निर्माण गरिएको नगरप्रमुख नेपालीले भन्नुभयो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले १० बेडको प्रि–आइसोलेसन कक्ष बनाइएको छ ।

आइसोलेसन कक्षमा टिभि, इन्टरनेटको सुविधा रहेको नगरप्रमुख नेपालीले बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रमा पुरुषको लागि २० बेड र महिलाको लागि ५ बेडको प्रि–आइसोलेसन कक्ष बनाइने बताउनुभयो ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज (आईतबार) विहान बागलुङको बडिगाड गाउँपालिकाका ९ जना र ढोरपाटन नगरपालिकाको १ जनालाई संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले निकालेको विज्ञप्ती अनुसार बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ बर्षिय पुरुष र एक जनाको उमेर नखुलेको जनाएका छन्भने ढोरपाटन नगरपालिकाका २६ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको जनाइएको छ ।

यससँगै बागलुङमा संक्रमितको संख्या २९ पुगेको छ । त्यसमध्य २ जना निको भएर घर फर्किसकेका छन् । बागलुङका एक महिला सहित १७ जना संक्रमित धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here