
बागलुङ, २५ जेठ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ ।
स्वास्थ्य प्रतिष्ठान काठमाडौंमा गरिएको परीक्षणमा आइतबार विहान थप ३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक सय १३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले आईतबार विहान चार जिल्लाका ३८ जना नयाँ संक्रमित थप भएको जानकारी दिनुभयो । उहाँले स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित थप भएको जानकारी दिनुभयो ।
स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ६२, ३८, ३९, २५, २७, ३७, २१, १८ र ३१ बर्षका १३ जना र भिरकोट नगरपालिकाका ४५ बर्षका एक जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । यस्तै बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ वर्षका र एक जनाको उमेर नखुलेको गरी १० जना र ढोरपाटन नगरपालिकाका २६ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ बर्षका एक पुरुष र गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, २), २१, २१ र २३ बर्षका ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी वर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जना पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. शर्माले जानकारी दिनुभयो ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । त्यसमध्ये ३ जना निको भइ घर फकिएका छन् ।












