
बागलुङ, २४ जेठ ।
क्वारेन्टाइनमा बसेका दुई जनालाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा भर्ना गरिएको छ ।
भारतदेखि फर्केर गल्कोट नगरपालिका–११ रिघाको क्वारेन्टाइनमा बसेका ३३ बर्षिय पुरुष र बागलुङ नगरपालिका–४, द्वारेगौडामा रहेको धौलागिरी प्राविधिक प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका २३ बर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरि उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।
उहाँले गल्कोट युवालाई ज्वारो र खोकी लागेपछि अस्पताल ल्याइएको थियोभने बानपाका युवालाई ज्वरो र डाइरिया भएपछि आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरु दुवैको स्वास्थ्यमा सुधार भइरहेको डा. पोखरेलले बताउनुभयो ।
बानपाका युवाको क्वारेन्टाइनबाटै पहिलै स्वाब संकलन गरिपरीक्षणको लागि पठाइएको र गल्कोटका युवाको शुक्रबार आइसोलेसनमा ल्याएर स्वाब संकलन गरि परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज पठाइसकेको डा. पोखरेलले बताउनुभयो ।










