
काठमाडौं, २४ जेठ ।
नेपालमा शनिबारबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोजानकारी दिएका छन् । उनले संक्रमित थपिएसँगै शतर्क रहन आग्रह गरेका छन् ।
संक्रमितमध्ये ३६५ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ।









