
बागलुङ, २४ जेठ ।
गण्डकी प्रदेशमा शनिबार विहान थप १७ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका १७ जनालाई संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका १० जना, बागलुङका १ जना, कास्कीका ३ जना र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी वर्दघाट सुस्ता पूर्वका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशक शर्माले स्याङजाको वालिङ नगरपालिकाका १६ बर्षिय बालक सहित, १९, २३, २५, २, ४४, ५२ र ५४ वर्षका पुरुष, बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुष, कास्की जिल्लाको रुपा गाउँपालिकाका २३ र ३२ वर्षिय पुरुष, पोखरा महानगरपालिकाका ५९ बर्षिय पुरुष र नवलपरासी वर्दघाट सुस्ता पूर्वको विनयत्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितहरुलाई जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले बताउनुभयो । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । त्यसमध्ये ३ जना निको भइ घर फकिएका छन् ।










