आरडिटि पोजेटिभ देखिएका दुई पत्रकारमध्य एकको पिसिआर नेगेटिभ, एकको बाँकी

बागलुङ, २३ जेठ ।
धौलागिरी अस्पताल बागलुङमा आरडिटि परीक्षणमा पोजेटिभ देखिएका बागलुङका २ पत्रकार मध्ये एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
धौलागिरी अस्पताल बागलुङमा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमको आरडिटि परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि अस्पतालले पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । पोखरामा गरिएको पिसिआर परीक्षण रिपोर्ट शुक्रबार दिउँसो नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
यस्तै बागलुङका १ जना पत्रकारको पिसिआर परीक्षण हुँदै गरेको अस्पतालले जनाएको छ । अस्पतालमा गरिएको आरडिटि परीक्षणमा २७ बर्षिय पत्रकारलाई पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरि पोखरा पठाइएको थियो । उनको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
यस्तै धौलागिरी अस्पताल बागलुङका अध्यक्ष केवि राना र सदस्य शालिग्राम शर्माको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here