
बागलुङ, २३ जेठ ।
बागलुङको निसीखोला र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला गाउँपालिकाको २३ जना र बडिगाड गाउँपालिकाका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालले जानकारी दिनुभयो ।
मेडिकल ल्याब टेक्निसियन प्रमुख बरालका अनुसार निसीखोलाको ३ जना र बडिगाडको ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
उनीहरु सवै भारतका विभिन्न ठाउँबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका छन् ।










