
बागलुङ, २३ जेठ ।
भारतदेखि फर्केर काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा काठेखोलाका २३ जनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बरालले जानकारी दिनुभयो ।
भीमसेन मावि क्वारेन्टाइनमा रहेका उनीहरु जेठ ११ गते भारतको विभिन्न ठाउँबाट गाउँपालिका आएका थिए । उनीहरुलाई आजै घर पठाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिकामा भारतदेखि आएर क्वारेन्टाइनमा बसेका ८३ जनाको परीक्षण गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो ।










