
बागलुङ, २३ जेठ ।
तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार विहान तनहुँको ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
अहिलेसम्म गण्डकी प्रदेशका ११ मध्ये ७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित नभेटिने जिल्लामा कास्की, मनाङ, मुस्ताङ र गोरखा छन् ।











