बजार खुलाउन माग गर्दै ब्यबसायीले प्रमुख जिल्ला अधिकारीलाई भेटे

राजेशचन्द्र राजभण्डारी
बागलुङ, २२ जेठ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ ले बन्दाबन्दी भएको बागलुङको ब्यबसाय सहज रूपमा संचालन गर्ने वातावरण बनाइदिन बागलुङका ब्यबसायीले प्रमुख जिल्ला अधिकारी लाई अनुरोध गरेका छन् ।

बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु संग भेटघाट गरेर कोरोना भाइरसका कारणले दुई महिना भन्दा बढी समय बन्द रहेको बागलुङ ब्यबसाय सहजरूपमा संचालन गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

दुई महिना भन्दा बढी ब्यापार ब्यबसाय ठप्प हुदा ब्यबसायी ठूलो मर्कामा परेको हुदा सामाजिक दुरि कायम गरेर ब्यबसाय संचालन गर्नको लागि आग्रह गरेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले बताए ।

अधिकांश ब्यापारीहरू महंगो घर भाडा,तिरेर बस्नुका साथै बैंक, सहकारी तथा बित्तिय संस्था बाट ब्याज तिरेर काम गर्दै आएको हुदा अब सहज बाताबरण बनाएर ब्यबसाय संचालन गरेर जानुपर्ने माग गरेपछि प्रशासन संग सल्लाह गरेर अगाडि बढ्न लागेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

बागलुङका ब्यबसायी भेटेर बजार खोल्ने बारे कुराकानी भएको गृह मन्त्रालयले बाट नयाँ सर्कुलर आएपछि निर्णय हुने प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले बताए ।

बागलुङ बजारमा सरकारले बन्दाबन्दी गरेपनि खाध्यान्न तरकारी फलफूल औषधी किराना भेटनेरि हार्डवेयर लगायतका पसल भने नियमितरूपमा खुलेका छन् ।साना ब्यापारीहरू मर्कामा परेको भन्दै सामाजिक दुरि कायम गरेर ब्यबसाय संचालन गर्न दिनुपर्ने माग गरेका छन् ।

बागलुङ बजारमा बैंक तथा बित्तिय संस्था सहकारी संचालनमा आएपछि सरकारले गरेको लकडाउन नाममात्रको साबित भएको छ ।

प्रजिअलाई भेट्न बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्मा प्रथम उपाध्यक्ष राजन कुमार शाक्य लगायतका टोलीले ब्यबसायीका माग राखेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here