बडिगाडका संक्रमितलाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखियो

बागलुङ, २२ जेठ ।
बागलुङको बडिगाड गाउँपालिकाका ४ जना कोरोना संक्रमित युवालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

भारतबाट गृह जिल्ला बागलुङ आएका बडिगाड गाउँपालिकाका ४ जना युवाई आज बिहिबार विहान संक्रमण पुष्टि भएपछि एम्बुलेन्स मार्फत अस्पताल ल्याइ आइसोलेसनमा भर्ना गरिएको हो ।

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बडिगाड गाउँपालिकाका १६ बर्षिय बालक सहित, २०, २१ र २५ बर्षिय पुरुषलाई आज संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका जनरल फिजिसियन डा. प्रदिप श्रेष्ठले बताउनुभयो । उहाँले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

आजै पुष्टि भएका गल्कोट नगरपालिकाका ३ जना र निसीखोला गाउँपालिकाका ३ जना संक्रमितलाई कहाँ राख्ने भन्ने अझै टुंगो लागेको छैन । अस्पतालको आइसोलेसन वार्ड भरिएपछि आइसोलेसन कहाँ निर्माण गर्ने र उनीहरुलाई कहाँ राख्ने भन्ने बारेमा जिल्ला कमाण्ड पोष्टको बैठक ११ बजेदेखि बसिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here