
बगलुङ, २२ जेठ ।
बागलुङका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका थप १० जनालाई संक्रमण देखिएको हो ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार विहान निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार निसीखोला गाउँपालिकाका ३३ बर्षिया महिला र २२ र २९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको होभने बडिगाड गाउँपालिकाका १६ बर्षिय बालक सहित, २०, २१ र २५ बर्षिय पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससँगै बागलुङमा संक्रमितको संख्या १८ पुगेको छ । त्यसमध्ये २ जना निको भइसकेका छन् ।
संक्रमित मध्य ६ जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत रहेका छन् ।











