नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए । १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

आइसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here